लोकसेवा आयोग कोशीको अध्यक्षमा गुरागाईं नियुक्त

इटहरी। कोशी प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त भएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार उनलाई आयोगको अध्यक्ष नियुक्त गरेका हुन्। नियुक्तिलगत्तै गुरागाईंलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ गराए।

EPIC EPIC EPIC

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले गुरागाईंलाई अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सिफारिस गरेकै दिन उनलाई अध्यक्ष नियुक्त गरिएको हो। लामो समय निजामती सेवामा काम गरेका गुरागाईंसँग लोकसेवा आयोगमा काम गरेको अनुभवसमेत छ।

सेवाबाट २ वर्षअघि अवकाश पाएका गुरागाईं मोरङको मंगलबारेका बासिन्दा हुन्। उनको पुरानो घर तेह्रथुमको म्याङ्लुङ हो। प्रदेश लोकसेवा आयोग ऐन, २०७६ अनुसार आयोगको अध्यक्षको समयावधि ६ वर्षको हुन्छ। यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश पाएपछि रिक्त रहेको पदमा गुरागाईंलाई नियुक्त गरिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च