विश्वमा कोरोना कहर : संक्रमितको संख्या आठ करोड नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या आठ करोड नाघेको छ। 

वर्ल्डोमिटर्सका अनुसार हालसम्म आठ करोड एक लाख ९३ हजार १९६ जना संक्रमित भइसकेका छन्। 

EPIC EPIC EPIC

पछिल्लो २४ घण्टामा चार लाख ७० हजार ७९८ कोरोना संक्रमित थपिएका हुन्।

विश्वमा हालसम्म १७ लाख ५६ हजार ९३५ संक्रमितको मृत्यु भइसकेको छ। 

पछिल्लो २४ घण्टामा आठ हजार ३६४ जनाको मृत्यु भएको हो। 

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड १९ लाख ७६ हजार ८३६ छ। त्यसमध्ये एक लाख पाँच हजार ७९९ गम्भीर अवस्थाका छन्। 

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ६४ लाख ५९ हजार ४२५ पुगेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *