Search
Close this search box.
Search
Close this search box.

सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

hattipaile
EPIC

सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई  हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ। 

ktm cancer

यसवर्ष झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनको धारणा छ। कपिलवस्तु तथा झापामा भन्ने उक्त कार्यक्रम असफल भएको उनको उनले बताए। 

यसवर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ। आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा नेपाललका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेको अवस्था छ । हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन,डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन्। 

EPIC

हातीपाइले कस्तो रोग हो ?

EPIC EPIC EPIC
prabhu bank

हातीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँछ। यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ। मानिसको शरीरमा यो यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका असरहरु शरीरमा देखिने गर्छ । यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन । धेरै जस्तो संक्रमण लक्षण बिनाको हुने भएकोले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हातीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ। 

EPIC

हातीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागि भई आफ्नो जिल्लामा संचालनमा रहेसम्म लगातार हातीपाइले रोगको औषधि गर्ने तथा अरुलाई समेत सेवन गर्न भन्ने । 

हातीपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?

हातीपाइले रोगबाट बच्न तीन प्रयोग हुने औषधिहरु तीन थरिका हुन्छन् । जुन पूर्ण रुपमा सुरक्षित छन् । यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन् । यी तीन थरिका औषधिहरुको प्रयोगले हातीपाईले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ । अध्ययन तथा अनुसन्धानबाट यी तीनै थरिका औषधिहरु पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व् स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त हुन्। 

औषधि सेवनले रोग नलागेकाहरुलाई कसरी फाइदा गर्छ ?
पहिलो कुरा त हातीपाइले रोगका लक्षणहरु नदेखिएपनि रोगका परजीविहरु शरीरमा हुनसक्छन् । यदि औषधि सेवन गरेमा ती परजीविहरु मर्छन् र भविष्यमा रोग लाग्ने सम्भावना रहँदैंन । दोस्रो औषधि सेवनका कारण तपाईको शरीरमा भएका हातीपाइलेका परजीविहरु अरु स्वस्थ्य व्यक्तिमा सर्न पाउँदैन । तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजीविहरु छन् भने र उहाँले औषधि सेवन गरेमा लामखुट्टेले टोकेपनि तपाईंको शरीरमा ती परजीविहरु उहाँबाट सर्न सक्दैनन्। 

हातीपाइलेको औषधि कस-कसले सेवन गर्नुपर्छ ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ । 

हातीपाइले रोगको औषधि कस-कसले सेवन गर्नु हुँदैन ?
-दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु 
-गर्भवती र सात दिन सम्मका सुत्केरी 
-छारे रोगको समस्या भएका व्यक्तिहरु 
-पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु 
-सिकिस्त बिरामीहरु 

सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु,अस्पताल भर्ना भएका बिरामीहरु र त्यस्ता बिरामीहरु जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन् । जस्तै मिर्गाैला रोगको डायलासिसका बिरामीहरु आदि ।

EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *