सिएरा लिओनमा ट्याङ्कर विस्फोट ९९ जनाको मृत्यु

सिएरा लिओनमा ट्याङ्कर विस्फोट

काठमाडौं । पश्चिम अफ्रिकी देश सिएरा लिओनमा तेल ट्याङ्कर विष्फोट हुँदा मृत्यु हुनेको संख्या ९९ पुगेको छ । सिएरा लिओनको राजधानी फ्रिटाउनका भएको विष्फोटमा अन्य दर्नजौ घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

घाइते १०० जनाको उपचार भइरहेको छ । घाइतेको संख्या धेरै रहेकाले अझै मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

EPIC EPIC EPIC

बीबीसीकाअनुसार सहरको एक व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विष्फोट भएको हो । यात्रुवाहक बस पूर्ण रूमा क्षतिग्रस्त भएको बताइएको छ । आगोको मुस्लोले नजिकैका पसलहरू प्रभावित बनेका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापनका प्रमुख ब्रिमा बुरेले आफूले अहिलेसम्मकै भयानक दृष्य देखेको बताएका छन् । सरकारले प्रभावित परिवारलाई सम्पूर्ण प्रकारको सहयोग गरिने बताएको छ ।

Photo: BBC News

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *