झापाको बुद्धशान्ति–३, बुधबारेमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख सहयोग गरेको छ।
संस्थाको सञ्चालक समितिको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्को यस संकटपूर्ण घडीमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ।


















