परिवर्तनको खोजिमा शान्तिनगर
कवितामा “प्यारो शान्तिनगर”
ती गिद्दे पहराहरुले आज पनि
दृढबनी
कसैको पर्खाईमा
बेशी तिर हेरि
लेकका चिसा स्याठहरुमा
तप गरि रहेछ्न रे !!
छङ छङ बगेका ती
टिमाईका तटहरु आज पनि,
आफ्ना किनारमा अबिरल बहि
पिउरे,ईरौटार,गेबे, पसपते, दमार,घट्टे अनि शान्तिनगरका काखमा
ममताका बिस्कुन
बिछ्याई रहेछ्न रे !
बर्सौ भयो रे यहाँ
खोजि भई रहेछ
कसैको ,
हिजो आज त ती
ठुटेबर मुनिका ढुङ्गाहरु पनि
बग्दै गरेका माटाका साथहरु महसुस गरि
तिम्रो खोजी गरिरहेछ्न रे !
हास पोखरी अनि
पबित्र अचलेश्वर आज पनि
कैलाशपती भगवानकै
शरणमा
तिम्रै कुराईको पर्खाईमा बसि रहेछ्न रे !
तल-तल भालझोडा अनि ठोट्ने तिर रुमल्लिएका ती
बतासे भुई कुहिरोहरु सङै
कतै तिमी लाई औंलोमा समाई
अघि बड्न सिकाउने ती
शान्ती आदर्श शतिसाल बनि
आज एउटै उत्तर खोजी
यहाँ कुरि बसिरहेछ्न रे!!
आज पनि कट्टेल बा
अनि सुबेडनि हजुराआमा,
बराल बडिबा सङ्ग गफिदै
कुरा गर्दै छ्न रे !
यहाँ मोटर आए
बिजुली बत्ती आए
तर “परिवर्तन ” तिमी आएनौ रे !!
ती खनिउ गौडा अनि रमिते भिर
आज आफै नांगीदै आफ्ना अस्मिता गुमाउदै छन रे !!
परिवर्तनको साक्षी शती गौडा
आज पनि समाजमा फैलिएको
बिकृतिको बिम्ब क्षितिजमा हेर्दै छिन रे !
घोडाका टाप भन्दा अघि अघि
आफ्नो हुंकार दौडाउने ती
देवान राजाहरुपनि आज
यी तिम्रा दृश्य हेरि आफै
निशब्द छन रे !!
कहिले राई भाषाका मुन्धुममा त
कहिले लेप्चा जातिका आत्मियतामा अनि
कहिले भाषा शास्त्रीका शब्दहरुमा
आज यहाँ सृजनाका शब्दहरु,
तिम्रै खोजको वरपर
खालिपन्नामा कुदिदैछन रे !
आखिरकार “परिवर्तन” तिमी कहाँ छौ रे !
आज पनि दुर्गा भगवती अनि सेती देबि
तिम्रो अस्तित्व खोज गरि रहेछिन रे !
– सुरज खनाल