एपीएफलाई २-० गोलले हराउदै  आयोजक टिम फाइनलमा प्रवेश 


 दिपेन्द्र लुइँटेल भोजपुर।  नवौँ भोजपुर मेयर  गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा  सशस्त्र प्रहरीको बिभागीय टिम एपीएफलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटवल संघ फाइनल प्रवेश गरेको छ ।
एपीएफको टिमलाई २–० गोलले पराजित गर्दै आयोजक भोजपुर फाइनल प्रवेश गरेको हो । आयोजक टिम भोजपुरका लागि खेलको २९ औं मिनेटमा जर्सी नम्वर ७ का दोर्जी तामाङ र ६५ औं मिनेटमा जर्सी नम्वर ४ का सञ्जय लिम्बुले १–१ गोल गरेका थिए । एपीएफका तर्फबाट कुनै पनि गोल हुन सकेन । आजको खेलको प्लेयर अफ द म्याच भोजपुरका पहिलो गोलकर्ता दोर्जी भएका छन । उनले नगद पाँच हजार पाएका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च