अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कचनकवल गाउँ कमिटिले शुक्रबार कचनकवलका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ।
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य माननीय बसन्त बानियाँको मुख्य आतिथ्यतामा, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई विशेष आतिथ्य र अनेरास्ववियु कचनकवल गाउँपालिका अध्यक्ष रविन नेपाको अध्यक्षतामा सञ्चालन भएको सो हाजिरी जवाफ प्रतियोगितामा कचनकलको लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, पथरिया माध्यमिक विद्यालय, विद्या निकेतन माध्यमिक विद्यालय, स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयका प्रतियोगी सहभागी थिए।
प्रतियोगिताको पहिलो चरणमा लक्ष्मी माध्यमिक विद्यालयले सुरुवाती चरणबाटै अरु प्रतियोगी विद्यालयलाई उछिन्दै अन्त्यसम्म उछिन्न सफल भइ सो प्रतियोगितामा प्रथम हुन सफल भएको छ त्यस्तै दोस्रो लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय तेस्रो विद्या निकेतन माध्यमिक विद्यालय, चौथो स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालय र पाँचौ पथरिया माद्यामिक विद्यालय भएको थियो।
उक्त कार्यक्रममा अनेरास्ववियु झापा जिल्ला अध्यक्ष रोशन लामा, कचनकवल गाउँपालिका-२ का वडा अध्यक्ष लेखनाथ खत्री,कचनकवल-२ की वडा सदस्य मनमाया भट्टराई,नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य हरि घिमिरे, एमाले जिल्ला कमिटी सदस्य नवीन ढुंगाना र कचनकवल गाउँपालिका बाल सञ्जालका अध्यक्ष मनिष बरालको आतिथ्यतामा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको थियो।




















4 Responses
Wow
तेस्रो विद्या निकेतन
चौथो स्वर्णिम
पाँचौं पथरिया
Congratulations❤️❤️
congrats❤️❤️