सप्तकोसीमा हाइअलर्ट जारी नदिको छेउछाउ नजान स्थानियलाई आग्रह।

पालिका संदेश। सप्तकोसी नदीमा पानीको बहाव उच्च देखिएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीमा पनि पानीको सतह बढेसँगै पानीको ठूलो बहाव देखिएको हो।

यतिबेला बराह क्षेत्रमा पानीको ठूलो बहाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त पानी कोसी ब्यारेजसम्म आइपुग्न करिब दुई घण्टा लाग्ने बताइएको छ।

EPIC EPIC EPIC

कोसी ब्यारेजका सबै ढोका खोल्दा पनि पानीको ठूलो दबाब ब्यारेजमा पर्ने अनुमान गरिएको छ।

कोसी ब्यारेजले नौ लाख क्युसेक पानीको बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन्। बराह क्षेत्रमा देखिएको पानी कोसी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च