गाउँपालिकाको सहकार्यमा एन आइसी एसीया बैंक बुधबारेद्वारा विद्यार्थीलाई पोशाक वितरण

बुधबारे (पालिका सन्देश )। एन आइसी एसीया बैंक शाखा बुधबारेले बुद्धशान्ति गाउँपालिका संगको सहकार्यमा बुद्धशान्ति गाउँपालिकाका ४ वटा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुद्धशान्ति- १ को नमूना आधारभूत विद्यालयका ४४ जना, बुद्धशान्ति -३ स्थित शिशु सुधार आधारभूत विद्यालयका ३० जना, बुद्धशान्ति -४ स्थित नमुना प्राथमिक विद्यालयका ४० जना र बुद्धशान्ति -५ स्थित जनज्योती आधारभूत विद्यालयका ४४ जना गरी १५८ विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको बुधबारे शाखाका प्रमुख दिलिप ढुंगानाले बताएका छन् ।

EPIC EPIC EPIC

पोसाक वितरण कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानी खतिवडा, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधीहरू, बैंकका प्रतिनिधि, विध्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभावक, शिक्षक शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शिक्षामा गरेको सहयोग प्रति गाउँपालिकाले खुसी व्यक्त गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च