पालिका डेस्क। भारतिय सञ्चार माध्यम लेमनचूसका अनुसार २३ गते कचनकवल-४ केचनामा स्थानीयले बच्चा चोरको आशंकामा स्थानीयले कुटपिट गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय केचनाले नियन्त्रणमा लिएको ३ जना पञ्जाबी गायक सिद्धु मुसेवाला हत्या प्रकरणका मुख्य आरोपी दीपक मुण्डीलाई किशनगञ्जसँग जोडिएको बंगालको खोरीबारी थाना क्षेत्रको पानीटंकी क्षेत्रबाट पक्राउ गरिएको छ । प्रहरीले दीपक मुण्डीका अन्य दुई सहयोगी कपिल पण्डित र राजेन्द्र उर्फ जोकरलाई पनि पक्राउ गर्न सफल भएको छ ।प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार तीनै अभियुक्त नेपाल जान खोजिरहेका थिए, पञ्जाबका डीजीपीले ट्वीट गर्दै पञ्जाब, दिल्ली प्रहरी र केन्द्रीय एजेन्सीको संयुक्त कारबाहीमा सफलता प्राप्त भएको बताएका छन् । प्रहरीले हतियार समेत बरामद गरेको छ ।
प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार ९ एम. पेस्तोल, ३२ बोरको पेस्तोल बरामद भएको छ । पक्राउ परेका अपराधीलाई लिएर प्रहरी पञ्जाब प्रस्थान गरेको छ । यसअघि हत्यामा संलग्न तीन शूटर पक्राउ परेका थिए भने भिडन्तमा दुई शूटर मारिएका थिए । नेपाल–भारत सीमाबाट पक्राउ परेका दीपक मुण्डी हत्यामा संलग्न छैटौं गोली प्रहार गर्ने व्यक्ति हुन् ।

















