अर्जेन्टिना दोश्रो चरणमा मेस्सीले मिस गरे पेनाल्टी

अर्जेन्टिना फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।
समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा पुगको अर्जेन्टिनाले आफ्नो समूहको अन्तिम खेलमा पोल्यान्डमाथि २-० गोलको जित निकाल्यो।

खेलको ३९ औं मिनेटमा पेनाल्टीको अवसर पाएको अर्जेन्टिनाले गोल गर्न सकेन।कप्तान कियोनल मेस्सीले प्रहार गरेको पेनाल्टी पोल्यान्डका गोल रक्षकले रोकेका थिए।

EPIC EPIC EPIC

अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४६ मिनेटमा अर्जेन्टिनाले अग्रत लियो। मोलिनाको पासमा अलिस्टारले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

६७ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। फर्नान्डेजको पासमा अल्भारेजले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गर्दा अर्जेन्टिना २-० गोलले अघि बढेको थियो।

यता हारका बावजुत पनि पोल्यान्ड समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ। पोल्यान्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान बनाएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च