कचनकवल गाउँपालिकाले सोमबार र मंगलबार गरि दुई दिन स्थानीय बिदा दिएको छ।
आज सोमबार नेपालीहरूको महान् चाड हरितालिका तीज र भोलि मंगलबार ऋषि पञ्चमीको अवसरमा गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले आइतबार सूचना जारी गर्दै असोज १ र २ गते यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, मातहतका सरकारी कार्यालयहरू र सामुदायिक विद्यालयहरू समेत बिदा दिइएको जानकारी गराएको छ । असोज ३ गते संविधान दिवस परेकोले त्यो दिन पनि राष्ट्र बिदा रहेकोले अब गाउँपालिका बिहीबार मात्र खुल्नेछ ।




















