पशुपति दर्शन चार स्थानबाट गर्न सकिने, पुरुषलाई पस्नै निषेध

हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ ।

कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरेको हो ।

EPIC EPIC EPIC

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको हो ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भाग राखिनेछ ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । मूल मन्दिर परिसरको तस्वीर, भिडियो खिचेमा मोबाइल सिज गरिनेछ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्वीर एवं भिडियो खिचेमा मोबाइल सिज गरी नगद जरिवानासमेत गरिने भएको छ ।

पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्वीर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्वीर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

छलफलमा कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले तीजमा पशुपति क्षेत्रमा आउने महिलालगायत भक्तजनको पहिरन शोभनीय हुनुपर्ने बताए । दर्शनार्थीले अश्लील तस्वीर खिचेमा मोबाइल सिज गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइएको पनि उनले कार्यक्रममा सुनाए । पशुपति क्षेत्रमा दैनिक घरघरबाट बरालिएर आउने युवायुवतीलाई सम्झाउन सबैको सहयोग कोषले माग गरेको छ ।

सो अवसरमा काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथको मूल मन्दिरसम्म गाडी लैजान बन्द गरिनुपर्नेमा जोड दिए । विगत वर्षमा कोषको पास लिएका र ज्याकेट लगाएर स्वयंसेवक बनेकालाई नै मूलमन्दिर परिसरबाट भगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिने गरी वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिए ।

‘पशुपतिनाथ मूल मन्दिरमा हिन्दूमात्र छिर्न पाइन्छ भन्ने आस्थासँग जोडिएको कानुन हो, परम्परादेखि चल्दै आएको या नियम पशुपतिनाथमा पालना हुन्छ,’ प्रवक्ता अधिकारीले भने । छलफलमा कोष सञ्चालक परिषद् सदस्यत्रय शिक्षित पराजुली, डा भरतप्रसाद बडाल र आशा पाण्डेलगायतले तीज पर्व व्यवस्थित गर्न कोषले आवश्यक सबै तयारी गरेको बताएका छन्। यस वर्षको हरितालिका तीज व्रत असोज १ गते सोमबार परेको छ ।

पाँच दिने तीज पर्व भदौ ३१ गते आइतबारदेखि सुरु हुन्छ । तीजको पहिलो दिन आइतबार दर खाने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च