नेपाल र चीनबीचका १४ वटा नाका खुल्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपालसँगका १४ वटा नाका खोल्ने सहमति भएको हो ।
१४ मध्ये दुईवटा नाका डोल्पाका परेका छन् । शे फोक्सुण्डोको खुङला नाका र छार्काताङसोङ गाउँपालिकाको मर्युम नाका खुला गर्ने अनौपचारिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले जानकारी दिए ।
नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले पास आवश्यक पर्ने बताएकाले चालू भएको छैन । प्रशासन कार्यालयले पास जारी गर्ने विषयमा गृह मन्त्रालयमा समन्वय गरेको जनाएको छ ।



















