दोलखाको तामाकोशी गाउँपालिकामा गय राति एक बृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाईते बनाएका छन् ।
तामाकोशी गाउँपालिका–५ झुलेका ७२ वर्षिय मोहनवहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाईते बनाएका हुन् । गय राति करिव १० बजे कार्कीले ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षिया नातिनी सुहाना कार्कीलाई खुकुरी प्रहार गरेका थिए । छिमेकी शैलेस कार्कीका अनुसार आज विहान दुवै जना गम्भीर घाईते अवस्थामा फेला परेका थिए । उनीहरुको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन् ।
गम्भीर घाईते दुवै जनालाई घटनास्थलवाट उद्धार गरी सदरमुकाम चरिकोट ल्याईएको छ । उनीहरुको च्छो रोल्पा अस्पतालमा उपचार भईरहेको दोलखाका प्रहरी निरिक्षक सरल महर्जनले जानकारी दिनुभयो ।
श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाउने मोहनवहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठिक नभएको बताईएको छ ।