अब गैर आवासीयलाई पनि नागरिकता दिइने

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ ।

नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृहमन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए । 

EPIC EPIC EPIC

नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैर आवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र भनी उल्लेख हुने व्यवस्था गरिएको छ। यस्तो नागरिकता लिनेलाई राजनीतिक अधिकार भने नहुने उनले स्पष्ट पारे ।

नियमावलीमा उल्लेख भएअनुसार गैर आवासीय नेपाली नागरिकता लिनेलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भने हुनेछ  तर उनीहरूका लागि शपथको पनि व्यवस्था पनि गरिएको शाखा प्रमुख कटुवालले जानकारी गराए। बाबु वा उनका परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ । 

सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ। जन्मदा एउटा लिङ्ग भएर नागरिकता लिइसकेकाले लिङ्ग परिवर्तन गरी नागरिकतामा सच्याउन चाहेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रमाणपत्रको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी नागरिकता दिन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च