बिर्तामोडका व्यवसायी अधिकारी हराएको पाँच दिनपछि बगानमा मृत फेला

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी वेपत्ता भएको ५ दिनपछि फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर-४ स्थित चिया बगानमा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

EPIC

बिर्तामोड-४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए । प्रहरीका अनुसार भदौं ३१ गते वेपत्ता भएका उनलाई असोज ५ गते प्रहरीले फेला पारेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

EPIC EPIC EPIC

६० वर्षीय अधिकारीको शव प्रहरीले मेची प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको थियो । सो समयसम्म पहिचान नभएपछि प्रहरीले परिवारको खोजी गर्दा आइतवार शवको पहिचान भएको झापा प्रहरीले जानकारी दिएको छ ।
झापा प्रहरीका अनुसार परिवारले शव बुझिसकेको छ, आजै दाहसंस्कार गर्ने बुझिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *