चिनीको अभाव सिर्जना गर्ने ठूला व्यापारीको गोदाम सिल

सरकारी ढिलासुस्तीका कारण दशैं तिहारको बेला आम उपभोक्ता महंगीको मारमा पने भएका छन् । समयमै चिनी आयातको अनुमति सरकारले नदिंदा अहिले चिनी अभाव भैरहेको छ ।

अभावको मौका छोपी चिनी व्यापारीहरु कालोबजारीमा लागेका छन् । अहिले चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँभन्दा बढी भएको छ ।

EPIC EPIC EPIC

यसबीच वाणिज्य विभागले चिनी लुकाएर कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ ।

कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा करिब ७० हजार किलो चिनी कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए ।

दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १४० रूपैयाँ किलोसम्म पुर्‍याइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च