रौतहटबाट १८ जना टिकटक स्टार पक्राउ

रौतहट। होहल्ला गरेको आरोपमा प्रहरीले १८ जना टिकटक स्टारलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टार पक्राउ परेका हुन् । ।

EPIC EPIC EPIC EPIC EPIC

पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन ।

सिया पैलेस होटलमा बसेका महिला डाक्टरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो।

बिहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बडिको संख्यामा रहेका दर्शक भागेका थिए ।

पक्राउ परेका सबै दोषि नरहेकोले घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *