झापा। झापामा धरानका एसपी चलाएको स्कार्पियोको ठक्करबाट मोटरसाइकल सवार युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल गाउँपालीका ६ का १८ वर्षीय अनिल मर्डीको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबार राती करिब साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ७८३९ नम्बरको एसपी सवार स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल बिरिङ पुलमा एकआपसमा जुधेका थिए ।
मर्डीको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरी झापा प्रहरी जानकारी दिएको छ।
मोटरसाइकल चालक कमल गा.पा. ६ का १९ बर्षिय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ बर्षिय पुजन राजवंशी घाइते भएका छन् ।
स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी उपरिक्षक ५१ वर्षीय भिम बहादुर दाहाल झापा प्रहरीको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो।