श्रीमतीले खाना पकाउने भड्डुले हान्दा श्रीमानको मृत्यु

hatya

 दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। 

नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्।

EPIC EPIC EPIC EPIC EPIC

‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी घाइते बनाएकी सीताले दाउराले पनि टाउकैमा हानिन्।’ ‘योगीका छोराले बताए,  अत्याधिक रगत बगेर श्रीमान्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालको भनाइ छ।  प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्‍याएको र सीतालाई पक्राउ गरेको जनाएको छ।

दुवै जनाले मदिरा सेवन गरेकाले के कारण विवाद भयो भन्ने थाहा नभएको नौमुले गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रलाल बस्नेतले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *