प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले सिंहदरबारस्थित कार्यालयबाट साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।