“तीन वर्षसम्म जेल बसेर निस्किएको व्यक्ति भोलिपल्टै चोरी गर्न पुग्छ”-डिआईजी खापुङ

कोशी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गरे ।  

EPIC EPIC EPIC EPIC EPIC

‘समाजमा हुने धेरै अपराधमध्ये चोरी एउटा हो । पछौटे समाजमा चोरीको समस्या धेरै हुन्छ,’ उनले भने, ‘जानाजानी योजना बनाएरै गर्ने भएकाले चोरी एउटा वास्तविक अपराध हो । त्यसलाई रोक्न निक्कै चुनौतीपूर्ण छ ।’ 

डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको उल्लेख गरे । ‘समाजमा बढ्दो चोरी नियन्त्रण र त्यसमा संलग्नलाई कारबाही गर्न मजवुत कानुन आवश्यक छ। कानुन सहज भयो भने चोरी रोक्न सकिँदैन,’ उनी भन्छन् ।

चोरीलाई ठूलै अपराध मानेर कानुन निर्माण गर्नुपर्नेमा खापुङको भनाइ थियो । ‘३ वर्षसम्म जेल बसेर निस्किएको व्यक्ति भोलिपल्टै चोरी गर्न पुग्छ । अनुसन्धानका क्रममा सोधपुछ गर्दा चोरीबाहेक मलाई अरु केही गर्नै आउँदैन भन्छ,’ उनले भने, ‘त्यो व्यक्ति परिस्थितिले नभइकन जन्मजात चोर हो ।  समाजमा चोरीको समस्या विकराल बनेर गयो ।’ 

कुनै अपराध परिस्थितिजन्य हुने भएपनि चोरी चैं वास्तविक अपराध रहेको उनको भनाइ छ । कडा कानुन बनाएर कारबाही गर्न सकेमा चोरी नियन्त्रण गर्न सकिने खापुङ बताउँछन् । आफ्नो कार्यकालमा प्रहरी ऐनले दिएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता उनले जनाए ।  

प्रहरी संगठनप्रति आमनागरिकको धेरै भरोसा रहेकाले कुनै पनि गल्ती गर्ने छुट प्रहरीलाई नभएको खापुङको भनाइ छ । ‘धेरै गरिने गाली र आलोचना प्रहरीप्रतिको आमअपेक्षा हो। त्यसलाई नकारात्मक र अन्यथा लिन हुँदैन । मानवीय कमीकमजोरी सुधार्नुपर्छ,’ उनले भने ।  

खापुङ माघ ३ गते प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका हुन्। त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशका १४ वटा जिल्लाको सुरक्षा कमाण्ड सम्हाल्दै आएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *