काठमाडौं। २०६८ सालमा निर्वाचन भएको समितिले २०७० मा राजिनामा दिएपछि नेपाल स्काउट बिभिन्न सरकारले गठन गरेको तदर्थवादमा चल्दै आएको थियो। १२ वर्षपछि सम्पन्न निर्वाचनले आम स्काउट सदस्यहरू, सरोकारवाला र अन्तराष्ट्रिय समुदायमा समेत सकारात्मक सन्देश गएको छ । तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउट निर्वाचन सफल परि तदर्थवाद अन्त्य गरेका छन्।
नेपाल स्काउटको तीनै तहको निर्वाचन सम्पन्न भएको छ। गत पुस २३ गते बसेको राष्ट्रिय परिषद्को बैठकले १२ वर्षपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्हरूको निर्वाचन तोकेको थियो। सबै आशंका र विवादहरू चिर्दै यसपटक निर्वाचन भएको छ। यो कदमले नेपालमा पवित्र स्वयंसेवी संगठनको छवि बनाएको नेपाल स्काउटको १२ वर्षे लामो संक्रमण अन्त्य भएको छ।
नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ। बालबालिका तथा युवाहरूलाई अनौपचारिक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वावलम्बी र राष्ट्रप्रेमी नागरिकको रुपमा उत्पादन गर्ने उद्देश्य बोकेको स्काउट अभियान विश्वका १७० भन्दा बढि मुलुकमा सञ्चालनमा छ। २०६८ यता राजनीतिक दलहरूको कोपभाजनको शिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पूर्ण प्रशासनिक कार्य गर्दै आइरहेको थियो।
निर्वाचनको परिणाम सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना !
मिति २०८०।१०।०८ मा निर्वाचन समितिबाट प्रकाशित निर्वाचन कार्यतालिका तथा सम्मानित सर्वोच्च अदालतको मिति २०८०।१०।२३ को अल्पकालीन अन्तरिम आदेश अनुसार नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य निर्वाचनका लागि मिति २०८०।१०।२४ गते बिहान ९ (नौ) बजे देखि २ दुई बजे सम्म निर्धारित समय भित्र मनोनयन दर्ता गर्नु भएका उम्मेदवारहरूको मिति २०८०।१०।२५ गते बिहान १० (दश) वजे देखि अपरान्ह ४ (चार) बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको विरोधमा दाबी विरोधको सूचना दिने समयसीमा तोकिएकोमा उक्त समयसीमा भित्र उम्मेदवारी फिर्ता र उम्मेदवार उपर दाबी विरोधको सूचना पश्चात कायम हुन आएका उम्मेदवारको अन्तिम नामावली विवरण प्रकाशित गरिएकोमा निर्विरोध निर्वाचित भएका र बाँकि रहेका आवश्यक पदहरूमा मिति २०८०।१०।२७ गते भएको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भई देहायबमोजिमका उम्मेदवारहरू राष्ट्रिय परिषद सदस्य पदको लागि तालिम दल महिला, तालिम दल पुरुष र खुला स्काउटर तर्फबाट निर्वाचित भएको घोषणा गरिएको छ।



