यूएईविरुद्ध नेपालको खराब शुरूवात, ३ ओभर नसकिँदै गुमायो दोस्रो विकेट

काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि यूएईविरुद्धको खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ।अलअमरेत क्रिकेट ग्राउन्ड १ मा टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालले दुबै ओपनरलाई गुमाएको हो ।तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भए ।

त्यसअघि नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको थियो। तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका थिए ।खेलमा पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डक आउट भएा थिए । यो समाचार तयार पार्दासम्म नेपालले ४ ओभरमा २ विकेट गुमाएर १७ रन जोडेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *