राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ


जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका-८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका छन् ।

EPIC EPIC EPIC

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बुधबार (२६ वैशाख) बिहान ८ बजेदेखि १० बजेसम्मको चलेको कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षाअगाडि नै प्रश्नपत्र सार्वजनिक गरी काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका विरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *