काठमाडौँ। प्रहरीले काठमाडौँबाट सात जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। गैरकानुनी रूपमा बस्दै आइरहेका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी अध्यागमनमा बुझाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद आलम मोल्ला, मोहम्मद जहाँगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद अम्दादुल हक, मोहम्मद नसिरउद्दीन र मोहम्मद मोसरफ होसेन होल्दार रहेको उनले बताए। आचार्यका अनुसार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ परेका उनीहरू भिसा अवधि सकिएर अवैध रूपमा नेपाल बसिरहेका थिए।