काठमाडौं। भारतमा ८५ दिनभित्र १० करोड जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ।
अमेरिका र चीनमा भन्दा पनि तीव्र गतिमा भारतमा कोरोना खोप लगाउने क्रम अघि बढेको दाबी भारतको केन्द्र सरकारले गरेको छ।
भारत सरकारका अनुसार अमेरिकामा ८९ दिनमा र चीनमा १०२ दिनमा मात्र १० करोड जनालाई कोरोना खोप दिइएको थियो।
भारतले यस वर्षको जुलाई अगावै २५ करोड जनतालाई कोरोना खोप दिने दाबी गरेको छ।