विराटनगर—मोरङको ग्रामथान गाउँपालिका-२ का वडाध्यक्ष यादव खतिवडाले गाउँपालिका अध्यक्ष नमोनारायण माझीमाथि गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। अध्यक्ष माझी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् भने वडाध्यक्ष खतिवडा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन्।
वडाध्यक्ष खतिवडाले भुक्तानी रोकिएको विषयमा वैशाख ३१ गते आयोजना गरिएको एक दबाबमूलक कार्यक्रमपछि अध्यक्ष माझीका निकट सहयोगी गयानन्द माझीले पनि आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्। कार्यक्रमपछि स्वास्थ्य चौकी पिडारवनीमा आयोजित सार्वजनिक कार्यक्रममा अध्यक्ष माझीले समेत अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।