चारआली सर्पदंश उपचार केन्द्रमा वैशाख मसान्तसम्म ६५१ विरामीको उपचार, ११७ मा विषालु सर्पको टोकाइ

चारआलीस्थित सर्पदंश उपचार केन्द्रले बैशाख मसान्तसम्म ६५१ सर्पदंश पीडितको उपचार गरेको छ। ११७ जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ भने सबैभन्दा बढी साउन महिनामा १४३ विरामी भर्ना भएका थिए।

झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ६५१ सर्पदंश पीडितको उपचार गरिएको छ। तीमध्ये ११७ जना विषालु सर्पको टोकाइबाट प्रभावित भएका थिए।

उपचार केन्द्रका प्राविधिक ढुक बहादुर सिंजाली मगरका अनुसार विषालु सर्पको टोकाइ जीवनघातक हुन सक्छ, यदि समयमा उपचार नगरिए ज्यान जाने जोखिम उच्च हुन्छ। जबकि अविषालु सर्पले टोकेमा सामान्य घाउ बाहेक गम्भीर असर नपर्ने बताइन्छ।

EPIC EPIC EPIC

उपचार केन्द्रको तथ्यांक अनुसार बैशाख मसान्तसम्म विषालु सर्पले ५८ जना पुरुष, ५७ जना महिला र २ जना बालबालिकालाई टोकेको थियो। अविषालु सर्पले भने २११ जना पुरुष, २२५ जना महिला र ८८ जना बालबालिकालाई टोकेको तथ्यांकमा उल्लेख छ।

नेपाल सरकार, स्थानीय समुदायको लगानी र नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित यो सर्पदंश उपचार केन्द्रले पूर्व नेपालका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, तेह्रथुम लगायतका जिल्लाहरू र छिमेकी भारतको पश्चिम बंगालसम्म सेवा विस्तार गरेको छ।

केन्द्रमा साउन महिनामा सबैभन्दा धेरै १४३ जनाको उपचार गरिएको थियो भने माघ महिनामा मात्र ६ जना विरामी भर्ना भएका थिए।

‘भेन्टिलेटरमा राख्नुपर्ने गम्भीर विरामीहरू बाहेक सबैको उपचार यही केन्द्रमा हुँदै आएको छ,’ प्राविधिक मगरले बताए, ‘केन्द्रको मुख्य उद्देश्य नै विरामीको ज्यान बचाउनु हो।’

इलामका ज्ञान बहादुर थापाले आफ्नो गाउँमा सर्पदंशसम्बन्धी जानकारीको अभाव भएको अनुभव सुनाउँदै सर्पदंश उपचार केन्द्रको बारेमा गाउँगाउँमा प्रचारप्रसार आवश्यक रहेको बताए। ‘समयमै थाहा नहुँदा धेरैले समस्या भोगिरहेका छन्,’ थापाले भने।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च