फेसबुकमा अभद्र टिप्पणी गर्नेहरूविरुद्ध एलिना चौहानले साइबर ब्युरोमा हालिन् उजुरी

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय बढ्दै गइरहेको असभ्य र आपत्तिजनक टिप्पणीविरुद्ध गायिका एलिना चौहानले प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन्।

चौहानले आफ्नै फेसबुक पेजमा अभद्र र अपमानजनक कमेन्ट गर्ने व्यक्तिहरूविरुद्ध सोमबार साइबर ब्युरोमा औपचारिक उजुरी दिएकी हुन्। ब्युरोका अनुसार, उनले चार जनाको नामसहितको निवेदन पेश गर्दै ती व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेकी छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

ब्युरोले उजुरी प्राप्त भएसँगै प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। ती व्यक्तिहरू फेक एकाउन्ट प्रयोगकर्ता हुन् वा आफ्नै वास्तविक पहिचानसहित कमेन्ट गरेका हुन् भन्नेबारे गहिरो छानबिन भइरहेको बताइएको छ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै गरिने यस्ता अमर्यादित गतिविधिहरूले व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने मात्र होइन, साइबर अपराधअन्तर्गत पर्ने भएकाले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग तीव्र गतिमा बढिरहँदा सार्वजनिक व्यक्तित्वहरू जस्तै कलाकार, राजनीतिकर्मी तथा सामाजिक अभियन्ता ‘साइबर बुलिङ’ र चरित्र हत्या जस्ता आक्रमणको सिकार बन्ने क्रम पनि बढ्दो छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *