कचनकवल गाउँपालिकाद्वरा ५० प्रतिशत लागत साझेदारीमा किसानलाई कृषि यन्त्र वितरण

बनियानी। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत कृषकको मागमा आधारित ५०/५० लागत साझेदारी योजनामा विभिन्न कृषि यन्त्रहरू वितरण गरेको छ।


गाउँपालिकाको कृषि शाखाले आज एक कार्यक्रमकाबीच किसानलाई ५ वटा पावर टिलर, ९० वटा च्याप कटर, २६ वटा मकै रोप्ने मेसिन, ७० वटा मकै झार्ने मेसिन, २२५ वटा स्प्रे ट्यांकी र २५ सय थान धानको सिड ट्रे वितरण गरिएको कृषि शाखा प्रमुख संगम सापकोटाले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

उपकरण वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, कृषि शाखा प्रमुख संगम सापकोटा लगायत जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो।

गाउँपालिकाले कृषि यान्त्रीकरणमार्फत उत्पादन वृद्धि र आधुनिकिकरणमा प्राथमिकता दिँदै आएको जनाएको छ। कृषि शाखाका अनुसार आगामी दिनमा अन्य आवश्यक सामग्री पनि क्रमशः कृषकलाई उपलब्ध गराइनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *