काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रूपन्देही–३ मा मोर्चाबाट नाउपाका उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता विजयकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार, बैठकले निजामती विधेयकमाथिको चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध भएको निष्कर्ष निकालेको छ ।