याङवरक सडकखण्ड सुचारु, तर मेची राजमार्ग अझै अबरुद्ध

पाँचथर। याङवरक गाउँपालिका–२ को दोभान र वडा नम्बर ३ को रिजाल भीरमा शनिबार राति पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको अवरोध हटाई आजदेखि सवारी आवागमन पुनः सुचारु गरिएको छ।

तर, पाँचथरको मेची राजमार्गको हेवा खोलाको डाइभर्सन बाढीले अवरुद्ध भएको छ।  बाढीको कारण राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। बेलिब्रिज बगाएपछि बनाइएको मोडुल ब्रिज पनि भाँचिएपछि यातायात डाइभर्सनमै भर परेको थियो। तर अहिले डाइभर्सनमाथि पनि बाढी बगिरहेकाले यातायात पूर्ण रूपमा ठप्प भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, याङवरकको सडकखण्ड सुचारु भए तापनि मेची राजमार्गको यो खण्ड खुलाउन प्रयास जारी छ।

स्थानीयवासीहरूले यस प्रकारका बारम्बार हुने विपद् समस्या समाधानका लागि स्थायी पूर्वाधार विकासको माग गरिरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *