सवारी जाँचका क्रममा दुर्घटना, सामाजिक अभियन्ता पुष्पकुमार चौधरीको मृत्यु

विराटनगर। विराटनगरमा सवारी जाँचको क्रममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको छ ।

घटना हिजो राति ८:२० बजे विराटनगर महानगरपालिका–४ स्थित दूधफारम चोकमा भएको हो । मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले ट्राफिक प्रहरीसहित उक्त स्थानमा सवारी जाँच गरिरहेको थियो । प्रहरीले विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई जाँचका लागि रोकेको थियो । सोही समयमा तीव्र गतिमा आइरहेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो, तर उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतक चौधरी सामाजिक अभियन्ता थिए । दुर्घटनापछि प्रहरीले ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *