Search
Close this search box.
Search
Close this search box.

पालिका सन्देशको एकबर्षे यात्रा !

प्रकाशकीय

पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल ‘पालिका सन्देश डट कम ’ दोस्रो बर्षमा प्रवेश गरेको छ ।

EPIC

गत वर्ष कोरोना भाईरस कोभिड–१९ महामारीको अवस्था चर्कँदै गर्दा हामीले यो अनलाइन सुरु गरेका थियौं। बीचमा कोरोनाको कहरले केहि समयसम्म अलि मत्थर अनुभुति गरेतापनि फेरि दोस्रो लहर बढ्न थालेको छ। धेरै संचारगृहलाई यो एक वर्षको अवधी घातकनै बन्न पुग्यो । धेरै अखबारले आफ्नो प्रकाशन बन्द नै गर्नुपर्ने अवस्था आयो । ठुला संचारगृहले समेत छापालाई कम गर्दै अनलाईनमा जोड दिए । यस्ता धेरै अनलाईन मिडियाको भिडमा फरक अनलाइन मिडियाका रुपमा पालिका सन्देशलाई स्थापित गरियो । जुन एक बर्ष पुगेको छ ।

हामीले देशका प्रत्येक स्थानीय तहका हरेक गतिविधिलाई पाठकसामु पस्किने प्रयास गरिरहेका छौं। स्वदेश तथा विदेशमा रहेका नेपालीले गरिरहेका नियमित गतिविधि र सार्वजनिक कार्यक्रम पनि समेट्दै आएका छौं। पहिलो वर्ष पूरा भएको सन्दर्भमा हामी अझ उत्साहित बनेका छौं। तपाईंहरुको साथ र सहयोगबिना हामी कहिल्यै पनि पूर्ण हुन सक्दैनौ ।

नेपाली पत्रकारिताको इतिहास लामो भएता पनि प्रतिस्पर्धात्मक र व्यावसायिक बन्न थालेको धेरै लामो भएको छैन । धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको पालिका सन्देश डटकमका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण थियो/ अझै छ।

सिद्धान्ततः पत्रकारले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ। तर, अधिकांश स्थानीय निकाय देखि लिएर केन्द्रिय सरकार मिडियालाई आफ्नो मुखपत्रको रुपमा हेर्न चाहन्छन्। केही मिडिया यसको हिस्सा बन्छन् पनि। तर, हामीलाई थाहा छ, हाम्रा पाठक सत्य तथ्य जान्न चाहन्छन्, न्यूज रुममा उत्पादन गरिएका कृत्रिम कथा होइन, न त कसैको प्रचार नै। पाठकको यही रुचि साँचो र असल पत्रकारिताका लागि हौसला बन्दोरहेछ।

एक वर्षको छोटो अवधिमै हाम्रा तमाम पाठकहरुले गर्नुभएको मायालाई हामी नमन गर्न चाहन्छौं । यहाँसम्मको यात्रा सफल हुनुका पछाडि आम पाठक वर्ग, विज्ञापनदाता, जिल्ला, प्रदेश र केन्द्रमा रहेर निरन्तर रुपमा खटिरहनुहुने पत्रकार सहकर्मी साथीहरू, वेबसाइटको प्राविधिक पाटो हेर्ने सहकर्मी तथा शुभेच्छुकहरुको अतुलनीय योगदान छ । आज बिषम परिस्थितिमा पनि ती अतुलनीय साथ छुटेको छैन । पालिका सन्देश डट कम प्रति तपाइँहरुको अटुट विश्वास र भरोसालाई हामीले पनि कहिल्यै निराशामा बदल्ने छैनौं । पाठक, विज्ञापनदाता तथा शुभेच्छकहरु प्रति पालिकासंदेश अझै बढी जिम्मेवार, भरोसायोग्य र इमानका साथ प्रस्तुत हुने प्रण गर्दछौं ।

यो लामो यात्रामा एक वर्ष त केवल एक खुडकिलामात्रै हो, आगामी धेरै वर्षहरुमा हामी फैलिने प्रयासमा हुनेछौं । आशा छ, तपाइँ–हाम्रो विश्वास, साथ र सम्बन्धमा कतिपनि तलमाथि हुनेछैन । लोकतान्त्रिक मूल्य मान्यता, नागरिक स्वतन्त्रता र समृद्ध समाज निर्माणमा हाम्रो प्रतिबद्धता अझ बलियो हुनेछ । अन्त्यमा कोरोना कहरका बिच कार्यक्रम गर्न नसकिएता पनि पालिका सन्देशको पहिलो वार्षिकोत्सवको अवसरमा सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

तीर्थराज तिम्सिना/सम्पादक
सुरज दङ्गाल/ प्रकाशक पालिका सन्देश परिवार

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *