जेनजी आन्दोलनका क्रममा झापामा ८५ जना घाइते भएको पुष्टि

झापा । जेनजी आन्दोलनका क्रममा झापामा ८५ जना घाइते भएको पुष्टि भएको छ । यसअघि १७३ जना घाइते भएको भनिएकोमा कतिपयको नाम दोहोरिएकाले सम्बन्धित अस्पतालहरुबाट प्रमाणित गरी जिल्ला प्रशासन कार्यालय झापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका ८५ जनाको नामावली प्रथम चरणमा प्रकाशित गरेको हो । ती घाइतेहरुका लागि तत्कालका लागि भैपरी खर्च वापत प्रतिव्यक्ति रु २० हजारका दरले उपलव्ध गराउन गृह मन्त्रालयबाट रकम प्राप्त भएको छ।

सो रकम लिनका लागि आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । उनीहरुले घाइते भई अस्पतालमा उपचार गराउँदाको विरामी टिकट÷पूर्जा ÷ डिस्चार्जका कागजातहरु, नेपाली नागरिकताको प्रमाणपत्र÷नावालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ । दशैंको विदाको समयमा दशमी ९टिकाको दिन० वाहेक अन्य विदाका दिनहरुमा समेत घाइतेहरुका लागि विहान ११देखि दिउँसो २ वजेसम्म कार्यालय खुला राखिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका घाइतेहरुलाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमा नै गएर रकम हस्तान्तरण भएकाले त्यस्ता घाइतेहरुले कार्यालयको मोबाइल नं। ९८५२६५५१२५ मा सम्पर्क गरी जानकारी गराइदिनु हुन अनुरोध गरिएको छ । file photo

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *