शिवसताक्षिमा रात्री बस दुर्घटना: कचनकवलका तीनसहित १९ जना घाइते

झापा — झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चोक नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति साढे ४ बजे भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन्।

रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१–०१–००१ क ४२०९ नम्बरको रात्री बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा २५ जना यात्रु सवार रहेका थिए।

EPIC EPIC EPIC

दुर्घटनामा घाइते १९ जनामध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बाँकी ६ जना यात्रु भने सामान्य रहेर आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सडकमा कुनै अबरोध नआएको र बस अहिले पनि घटनास्थलमै रहेको बताइएको छ। घटनास्थलमा इलाका प्रहरी चौकी माईधारबाट प्रहरी टोली खटिएको छ।

घाइतेहरुको विवरण यसप्रकार छः

१. राजु भुजेल (३९), मेचिनगर–६, झापा — बस चालक, टाउकोमा चोट, अवस्था मध्यम।
२. अम्बरबहादुर बुढाथोकी (६५), मन्थली–१०, रामेछाप — घाँटी र ढाडमा चोट, अवस्था मध्यम।
३. इक्षा लिम्बु (१७), झापा गाउँपालिका–३ — निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम।
४. भिमप्रसाद पुरी (३५), मन्थली–९, रामेछाप — बायाँ करङमा चोट, अवस्था मध्यम।
५. रबिलाल गनेस (२०), कचनकवल–४, झापा — टाउकोमा चोट, अवस्था मध्यम।
६. मिटु खत्री (६५), ठाडादेवी–३, रामेछाप — ढाडमा चोट, अवस्था मध्यम।
७. परिना गनेस (२१), कचनकवल–४, झापा — टाउको र ढाडमा चोट, अवस्था मध्यम।
८. सिमित्रा खड्का कार्की (३६), बिर्तामोड–१०, झापा — हात र खुट्टामा चोट, अवस्था सामान्य।
९. एलोन कार्की (९), सिमित्रा खड्का कार्कीका छोरा — टाउको र छातिमा चोट, अवस्था मध्यम।
१०. प्रदीपबहादुर बस्नेत (३०), बैनेश्वर–३, दोलखा — टाउकोमा चोट, अवस्था मध्यम।
११. अनु श्रेष्ठ (८), रामु श्रेष्ठका छोरा, देउराली, रामेछाप — टाउकोमा सामान्य चोट।
१२. कुमार बस्याल (२८), तामाकोशी–३, दोलखा — छातिमा चोट, अवस्था सामान्य।
१३. भेमा राजबंसी (२७), कचनकवल–६, झापा — छाती र काँधमा चोट, अवस्था मध्यम।
१४. रामकुमार श्रेष्ठ (३५), बिर्तामोड–५, झापा — छाती र तिघ्रामा चोट, अवस्था सामान्य।
१५. रिदम श्रेष्ठ (९), रामकुमार श्रेष्ठका छोरा — हात र खुट्टामा चोट, अवस्था सामान्य।
१६. पूर्णबहादुर नेपाली (२३), बिर्तामोड–५, झापा — टाउको र काँधमा चोट, अवस्था सामान्य।
१७. सितल नेपाली (१८), ठेगाना नखुलेको — आँखाको वरिपरि चोट, अवस्था सामान्य।
१८. अभिषेक राजबंसी (२१), बाह्रदसी–५, झापा — नाकमा चोट, अवस्था सामान्य।
१९. श्यामलाल किस्कु (१८), झापा गाउँपालिका–२ — टाउकोमा चोट, अवस्था सामान्य।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *