झापा। झापाको गौरादह नगरपालिका–१ गैरीया चोकमा अटो दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
गत कात्तिक २१ गते साँझ करिब मे.१ ह. ५७५४ नम्बरको अटो धान लोड गर्दै रोकिएको प्रदेश १–०२–००१ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडी ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा अटो चालक गौरादह–१ निवासी ४८ वर्षीय मो. डोमा र उनकी श्रीमती ३७ वर्षीया खुसबु खातुन गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि निम्स अस्पताल दमकमा भर्ना गरिएकोमा अवस्था जटिल भएपछि खुसबुलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा कात्तिक ३० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















