झापाका सहकारीले टेरेनन् प्राधिकरणको सरकारी बिदा

झापा । झापाका अधिकांश सहकारीले सरकारले दिएको बिदा मान्न अटेर गर्दै आएका छन् । सरकारले गत २०८२ चैत्र २२ गते निर्णय गर्दै शनिवार रआइतबार सरकारी बिदा दिइने र सोमबार देखि शुक्रबार सम्म ९ बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेतापनि सहकारीहरुले अटेर गरी कार्यालय सञ्चालन गरिरहेको पाइएको छ ।

यस बिषयमा सहकारीको नियमनकारी निकाय सहकारी नियमन प्राधिकरणले देशभरका सहकारी संस्थाहरूलाई आइतवार सार्वजनिक विदा कायम गर्न निर्देशन दिएता पनि झापाका अधिकांश सहकारी संस्थाहरूले पुरानै समयअनुसार कार्यालय सञ्चालन गरिरहेको पाइएको छ ।

EPIC EPIC EPIC

प्राधिकरणका अनुसार सरकारी निर्णय कार्यान्वयन नगरेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत गुनासो पुगेको छ। त्यसपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सबै सहकारी संस्थालाई नेपाल सरकारद्वारा जारी गरिएको नयाँ कार्यालय समयअनुसार सञ्चालन गर्न आग्रह गरेको थियो र तर प्राधिकरणको निर्देशन समेत झापाका सहकारीले टेरेका छैनन् । आइतबार समेत सहकारी खुल्ला गरिरहेका छन् ।

कतिपय सहकारीहरुले भने सरकारी बिदा मान्न सुरु गरेका छन् । बिर्तामोडस्थित धौलागिरी बहुउद्देश्यीय सहकारी, मेचीनगरको मेचीनगर सहकारी लगायतले मात्रै सरकारको बिदा स्वीकारेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च