झापा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार घटी सोमबार बढेर मंगलबार पुनः बढेको सुनको मुल्य बुधबार घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मुल्य तोलाके ५ सय रुपैंयाले घटेको छ । जससँगै छापावाला सुनको मुल्य ९१ हजार ५ रुपैंया कायम भएको छ ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मुल्य पनि ५ सय रुपैंयाले नै घटेको छ । महासंघको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रति तोला ९१ ह्जार रुपैंयामा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मुल्य कार्तिक ३ यताकै सस्तो रहेको छ ।
सुनको मुल्य घटे पनि चाँदीको मुल्य भने प्रति तोला २५ रुपैंयाले बढेर प्रति तोला १ हजार २ सय २५ रुपैंयामा कारोबार भइ रहेको छ ।