कोशी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने

विराटनगर । कोशी प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा आएको भीषण बाढी तथा लेदोसहितको पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले रसुवागढी तथा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढी (Mudslide/Debris Flow) का कारण अमूल्य मानवीय क्षति तथा ठूलो परिमाणमा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

EPIC EPIC EPIC

बैठकले विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा खोज, उद्धार, घाइतेको उपचार, तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका कार्यमा अन्तर–तह समन्वय र सहकार्यका लागि नेपाल सरकार, बागमती प्रदेश सरकार, सम्बन्धित स्थानीय तह तथा प्रभावित नागरिकहरूसँग कोशी प्रदेश सरकारले पूर्ण ऐक्यबद्धता जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन कोशी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड जम्मा गर्ने निर्णय गरेको हो।

मौसम तथा मनसुनको अवधि अझै बाँकी रहेको अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेशका पहाडी तथा तराईका बाढी–पहिरो जोखिमयुक्त जिल्लामा प्रदेश विपद् व्यवस्थापन समितिको नेतृत्व र समन्वयमा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय राखी पूर्वतयारी अवस्थामा रहनसमेत मन्त्रिपरिषद्ले निर्देशन दिएको छ।

कोशी प्रदेश सरकारको यो निर्णय विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गरेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च