काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको आकाशमा विद्यमान छँदा आज मधेशबाहेकका ६ वटा प्रदेशमा भिषण वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।