विश्वकपमा नेपाल : छनोट पार गर्नै सकस्

काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन करिब तीन साता बाँकी छ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा यसपटक ४८ देश सहभागी हुँदैछन् । फुटबलको महाकुम्भ मानिने विश्वकपको चर्चा सहभागी देशभन्दा कम छैन नेपालमा । सामाजिक सञ्जालदेखि चिया गफसम्म विश्वकप छलफलको विषय बन्दै आएको छ ।

विश्वकपमा नेपाली समर्थकको उपस्थिति जत्तिको उल्लेखनीय हुन्छ, त्यति देशको उपस्थिति भएको भने देखिँदैन । फिफा विश्वकप छनोट खेल्न थालेको चार दशकमा नेपाल अधिंकाश पटक पहिलो चरणबाटै बाहिरिएको छ । एकाध पटक दोस्रो चरणमा पुग्दा पनि नेपाल प्रदर्शनमा निरीह बन्दै आएको छ ।

EPIC EPIC EPIC

नेपालले पहिलो पटक सन् १९८६ मा मेक्सिकोमा भएको फिफा विश्वकपका लागि छनोट खेलेको थियो । त्यसयता नेपालले दुई पटक बाहेक सबै विश्वकपमा छनोट खेलेको छ । तर हालसम्म दोस्रो चरणभन्दा बढी पुग्न सकेको छैन । सन् १९९४ मा सहभागी नभएको नेपालले सन् २००६ को विश्वकपमा नाम दर्ता गराएर पछि फिर्ता लिएको थियो । जसका कारण १० हजार डलर जरिबाना तिर्नुपरेको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपको छनोटअन्तर्गत पहिलो चरणमा टिमोर लिस्टेलाई पराजित गर्दै नेपाल पहिलो पटक दोस्रो चरणमा प्रवेश गर्‍यो । नेपालले टिमोर लिस्टेलाई ७–१ को गोलअन्तरले पराजित गरेको थियो । जोर्डनसँग ११–१ को गोलअन्तरले पराजित हुँदै नेपाल दोस्रो चरणबाटै बाहिरियो ।

सन् २०१८ मा भएको रुसमा भएको फिफा विश्वकप छनोटको पहिलो चरणबाट बाहिरिएको नेपालले सन् २०२२ मा भएको फिफा विश्वकप छनोटमा सोझै दोस्रो चरणमा प्रवेश पायो ।

एसियाको वरियतामा शीर्ष–३४ भित्र परेपछि नेपालले दोस्रो पटक दोस्रो चरण खेल्ने अवसर पाएको थियो । छनोटको दोस्रो चरणमा नेपाल अष्टे«लिया, कुवेत, जोर्डन र ताइवान रहेको ग्रुपमा रह्यो । ८ मध्ये २ खेलमा मात्रै जित निकालेको नेपाल दोस्रो चरणबाटै बाहिरियो ।

फिफा विश्वकप छनोट २०२६ मा नेपालले पहिलो चरणमा पार गर्दै लगातार दोस्रो पटक दोस्रो चरणमा पुग्न सफल भयो । छनोटअन्तर्गत पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्न सफल भयो । होम एन्ड अवेको आधारमा भएको खेलमा नेपाल लाओसलाई २–१ को गोलअन्तरमा पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । पहिलो खेल १–१ को बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा १–० को जित निकाल्दै दोस्रो चरणको छनोटमा पाइला चाल्यो ।

दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपाल जितविहीन बन्दै बाहिरियो । समूह विजेता र उपविजेता एएफसी एसियन कप र फिफा विश्वकप छनोटको तेस्रो चरणमा पुग्थे । तर नेपाल समूहको अन्तिममा रहँदै विश्वकप छनोटको यात्रा टुंग्यायो ।

६ खेलमा नेपालले एक खेल बराबरी खेल्दा ५ खेल गुमाउन पुग्यो । दोस्रो चरणको ६ खेलमा २० गोल खाँदा नेपालले मात्र २ गोल गर्‍यो । होम एन्ड अवेको आधारमा भएको खेलमा नेपाल समग्रमा यूएईसँग ८–०, यमनसँग ४–२ र बहराइनसँग ८–० ले पराजित हुन पुग्यो । यमनबाहेक अन्य टोलीसँग नेपालले घरेलु मैदानमा खेल खेल्न पाएन ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा यूएई र बहराइनविरुद्धको खेल नेपाली खेलाडीले विदेशमा गएर खेल्नुपर्ने अवस्था बन्यो । खेलाडीले घरेलु मैदानमा खेल्न त पाएनन् नै दर्शकले पनि विश्वकप छनोटको स्वाद चाख्न पाएनन् ।

विश्वकप छनोट खेल्न थालेको ४ दशकमा ३ संस्करणमा मात्रै दोस्रो चरणमा पुगेको छ । त्यसबाहेक अरू छनोटमा नेपाल पहिलो चरणबाट बाहिरिँदै आएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० नेतृत्वको विवाद, नियमित लिग नहुँदा खेलाडीहरू निरन्तर पलायन भइरहेका छन् । जसका कारण पनि नेपाली फुटबल खस्कँदो अवस्थामा छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च