Search
Close this search box.
Search
Close this search box.

आज २०८१ जेठ २४ गतेको राशिफल

काठमाडौं। आज २०८१ जेठ २४ गते बिहीवार, तद्अनुसार ६ जुन २०२४ । आज जेठ कृष्ण औँशी, धृति चतुष्पद रोहिणी, बटसावित्री व्रत/शनि जयन्ती व्रत, सूर्योदय बिहानः ५ः०७ बजे, सूर्यास्त साँझः १८ः५७ बजे ।

आजको राशिफल

मेष

सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । बोलीमा नियन्त्रण राख्नु होला । नयाँ कार्यमा लाभ मिल्ने छ । जागिर तथा व्यापारका लागि समय राम्रो रहने छ ।

वृष

पारिवारिक चिन्ता कायम रहने छ । कानूनी वाधा हट्ने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन

प्रतिद्वन्दितामा वृद्धि हुनेछ । जीवनसाथीसंग खटपट हुनसक्छ, सावधान रहनु होला । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कर्कट

जागिर अथवा व्यवसायमा लाभको अवसर हात पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा बढी लाभ हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

सिंह

पारिवारिक समस्यामा वृद्धि हुनेछ । चिन्ता तथा तनाव रहने छ । विवादलाई नबढाउनु होला ।

कन्या

विगतमा गरिएका प्रयासहरुको लाभ पाइने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । भाग्यको साथ रहने छ ।

तुला

टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक

अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

धनु

यात्रामा सावधानी अपनाउनु होला । हतार गर्दा हानि हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

मकर

कुनै ठूलो वाधा आउन सक्छ । हतारमा गरिएको काम बिग्रने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ

नयाँ योजना बन्ने छ, जसको लाभ तत्काल पाइने छैन । सामाजिक कार्य गर्न रुचि रहने छ । प्रतिष्ठा बढ्ने छ ।

मीन

पूजा–पाठमा मन लाग्ने छ । अध्यात्ममा रुचि बढ्ने छ । निवेश शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *