कचनकवल। तीस औँ विश्व आदिवासी दिवसका अवसरमा झापाको कचनकवल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकामा साउन २४ गते (आज) बसेको कार्यपालिका बैठकले २५ गते (भोलि) आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाका अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बन्द रहने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले जानकारी दिए ।