विराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङमा आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण पुन: निर्वाचन हुने भएको छ ।
आइतबार भएको निर्वाचनमा ३ हजार ४१४ मत खसेको थियो । आइतबार राति मतगणना हुँदा संस्थापन पक्षका उम्मेदबार डिगबहादुर लिम्बुले एक हजार ५४४ मत प्राप्त गरे । शेरबहादुर देउवा निकट उम्मेद्वार दिलीप गच्छदारले एक हजार १६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौलासँग नजिक रहेका उम्मेद्वार यदुकुमार बिष्टले ५६३ मत प्राप्त गरे थिए ।
पुन: हुने चुनावमा सबैभन्दा धेरै मत ल्याउने लिम्बु र दोस्रो हुने दिलीपबीच प्रतिस्पर्धा हुनेछ ।