Search
Close this search box.
Search
Close this search box.

खोप अभियानलाई सफल पारौँ

editorial

सरकारले दादुरा–रुबेला खोप अभियान सुरुवात गरेको छ । यो अभियान फागुन १३ गतेदेखि सुरु भएको छ भने चैत ७ गतेसम्म जारी रहनेछ । खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइनेछ । यस्तै, ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइनेछ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ९ महिनादेखि ५ वर्षमुनिका २१ लाख ३० हजार ६ सय ८३ बालबालिका र ५ वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३ सय १० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

प्छिल्लो समय नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मृत्यु गराउने प्रमुख कारण मध्ये दादुरा–रुवेला रोग एक हो । दादुरा खोपबाटै विश्वमा दादुरा रोगमा कमी आएको छ । नेपालमा सन् २००४ र सन् २००८ मा दादुरा खोप अभियान सञ्चालित थियो । फलस्वरुप नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा सन् १९९० को दशकको तुलनामा बालमृत्युदरमा ५० प्रतिशतले कमी आएको छ । दादुरा रोगीको उपचार गर्नु भनेको दादुरा रोगबाट उत्पन्न जटिलताहरुको उपचार गर्नु हो । दादुरा खोप नै दादुरा रोगबाट बच्ने एकमात्र भरपर्दो उपाय हो ।

यो नियमित खोप सेवा अन्तर्गत ९ महिनादेखि १ वर्ष उमेरभित्र र दादुरा खोप अभियानमा थप डोज लगाउनु पर्दछ । यसर्थ यो अभियानमा आफूलाई पायक पर्ने स्थान र मितिमा ९ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाउन नछुटाऔं । दादुरा रुबेला खोप सुरक्षित र प्रभावकारी खोप हो । खोप पाउनु बाल अधिकार र अवसर पनि हो । तसर्थ, खोप अभियानमा सबै सहभागी बनौं, सहभागी बन्न प्रेरित गरौं । बालमृत्युदर तथा बालरोग दर घटाउने यो राष्ट्रिय दादुरा रुबेला खोप अभियान सफल पारौं ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *