Search
Close this search box.
Search
Close this search box.

गौरीगञ्जमा सुत्केरी महिलालाई कुखुराको चल्ला वितरण

झापा। गौरीगञ्ज आधारभूत अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई १० वटा गिरीराज कुखुराको चल्ला वितरण गरिएको छ ।

बच्चाको पोषणमा सहयोग गर्ने उद्येश्यले ४४ जना सुत्केरी महिलालाई आज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले वितरण गरेकी हुन् । संघिय सरकारको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत गौरीगंज गाउँपालिकाले १५ दिने गिरीराज कुखुराको चल्ला सुत्केरी महिलाहरुलाई वितरण गरेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।

त्यसैगरी आजै गौरीगञ्ज गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । अवरोध घटाऔं र शिशुलाई स्तनपानबाट वञ्चित नगरौं भन्ने नारालाई साकाररुप दिन गाउँपालिकाले स्तनपान कक्ष स्थापना गरेको हो । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले ब्यानर पढेर स्तनपान कक्ष स्थापना भएको घोषणा गरेकी थिइन् । त्यसैगरी पालिकास्तरिय किशोरी सूचना केन्द्र स्थापना गरिएको छ ।

किशोर–किशोरीको सेवाको पहुँच बढाउने र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थाको जानकारी दिने उद्येश्यले किशोरी सूचना केन्द्रको स्थापना गरिएको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् ।

उक्त कार्यक्रममा योजना शाखा प्रमुख नारायण प्रसाद चँदरा, कार्यपालिका सदस्य अघनुप्रसाद राजवंशी, वडा सदस्य राजभत्त सुनुवारलगायतको सहभागिता थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *